नातिबाब भट्ट, कोलोराडो, अमेरीका। मातृ भुमी नेपालमा गएको महा भुकम्पमा परि दिबाङ्गत नेपालीहुनेहरुको चिर आत्मा शान्तिको कामना गर्दै कोलोराडो निवासी नेपालीहरुले मैन बत्ती बालेका छन् ।

कोलोराडोमा क्रियाशिल बिभिन्न १० संस्थाले आयोजना गरेको कार्यक्रममा झण्डै ३ सय नेपाली तथा नेपाल र नेपालीहरु प्रति सद्भाव राख्ने अमेरकिनहरुको बाक्लो उपस्थिती रहेको थियो । एक मिनेट मौन धारण गरि सुरुगरिएको कार्यक्रममा सहभागी सबैले हातमा मैन बत्ती लिएर मृत आत्माको चिर शान्तिको कामना गरेका थिए।

नेपालीहरुको बाक्लो बसोबास भएको शहर बोल्डर डाउनटाउनमा सम्पन्न भएको कार्यक्रममा स्थानीय संञ्चार कर्मिहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमा एबीसी न्यूज, फक्स न्यूज, एनविसी न्यूज, सीबीएस न्यूज, बोल्डर क्यामारालगायतका संचारमाद्यमका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

DSC_0425

नेपालमा महा भुकम्प गएपछि रँहात सहयोग संकलनलाई तीब्र बनाउन एकजुट भएका कोलोराडोमा कृयाशिल रकि माउन्टेन फ्रेन्डस अफ नेपाल, नेपालीघर, बिआरटी नेपाल, तमु धि, तमु पेलु, अन्तराष्ट्रिय साहित्य समाज, अन्तराष्ट्रिय नेपाली कलाकार मन्च, किरा“तराई सोसाईटी अफ अमेरीका, ग्लोवल भुटनीज कम्युनीटी अफ कोलोराडो, बैदिक सेवा समिती कोलोराडोको सकृयतामा कार्यक्रम आयोजना गरिएको हो ।

भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजित कार्यक्रममा नेपालीहरुले नेपालको झण्डा, प्लेकार्ड ब्यानर बोकी कार्यक्रममा सहभागी भएका थिए ।

स्थानीय संचार कर्मीलाई खबरगर्न तथा कार्यक्रम स्थलको ब्याबस्थागर्न रकि माउन्टेन फ्रेन्डस अफ नेपालका पुर्व अध्यक्ष शुरेन्द्र श्रेष्ठको बिशेष सकृयता रहेको थियो ।

Previous articleफूटबल प्रतियोगिताको लागि मे १५ सम्म दर्ता गर्न अनुरोध
Next articleनेपाल मा भाइरस पस्ने ठुलो सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here