आदरणीय स्विट्जरल्याण्ड बासी नेपाली दाजु भाइ तथा दिदि बहिनी हरु, स्विट्जरल्याण्ड स्थित सम्पूर्ण संघ संस्था का अधक्ष्य ज्यु हरु, पत्रकार  मित्र हरु 

नेपाल मा भएको यस किसिमको महा प्रलयमा हामी प्रबासी नेपाली हरु को साथ् र सहयोग रहने कुरामा कुनै दुइ मत हुन सक्दैन। जसले जहाँ जसरि सकिन्छ,जे जति सकिन्छ  त्यति गर्न हामि तत्पर नै छौ।  जसरी पनि सहयोग नेपाल र नेपाली समक्ष पुर्याउने जिम्मेवारी हामी सबैको हो। तर अलि अलि सहयोग चार तिर बाट्दा त्येसको खास्सै प्रभावकारिता हुन सक्दैन। त्येसैले हामि स्विट्जरल्याण्ड मा रहेका सम्पूर्ण नेपाली हरु, संघ संस्था हरु,एक आपसमा समन्वय गरेर एकमुस्ट सहयोग गरेमा त्येसको प्रभावकारिता बढ्ने हुनाले सम्पूर्ण स्विट्जरल्याण्ड र यहाका संग संगठन हरुको समन्वय हामी सबैको साझा संस्था एन. आर. एन. ए  स्विट्जरल्याण्ड मार्फत गर्न,गराउन एन. आर. एन. ए स्विट्जरल्याण्ड सबैमा बिनम्र अनुरोध गर्दछौ। एन. आर. एन. ए  को चाहाना कोइ पनि नछुटोस,कसैलाई पनि दोहोरो  भार नपरोस   भनेर जो जुन संस्था मा आबद्द छ,त्यहि संस्था मार्फत सहयोग गरिदिनु हुन आग्रह गर्दछौ। हामी ती संघ संस्था हरु संग आवस्यक समन्वय गरेर एकमुस्ट सहयोग यथासक्य चाडो नेपाल पुर्याई  नेपाल सरकार मार्फत ब्यबस्थित र प्रभावकारी ढंगले पीडित समक्ष  पुर्याउने प्रतिबद्दता ब्यक्त गर्न चाहन्छौ। स्विट्जरल्याण्ड बासी  नेपाली हरु को यो साझा संस्था तपाइहरुकै चाहना अनुसार ,तपाइहरुकै  साथ् र सहयोग मा प्रभावकारी भूमिका निर्बाह गर्न प्रतिबद्द छौ,सधै रहिरहने छौ। 

सुबाश पोखरेल

महासचिब

 एन. आर. एन. ए स्विट्जरल्याण्ड

Previous articleनेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको प्रेश-विज्ञप्ति
Next articleभूकम्पको निहुँमा कालोबजारी गर्नेलाई कारवाहीको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here