बिष्णु सापकोटा, बेल्जियम। शनिबारका दिन नेपालमा आएको विनाशकारी भूकम्प बाट ठुलो र अकल्पनीय मानवीय धनजनको क्षति  भएको छ । उक्त घटनाबाट राष्ट्रले ठुलो दैविक विपति बेहोर्नु परेको छ । । विनाशकारी भूकम्पमा काठमाण्डौ लागएत देशका विभिन्न भागमा ज्यान गुमाउने तथा ठुलो संख्यामा घाईते भएका छन ।        

उक्त घटना बाट  सम्पूर्ण देश बिदेशमा रहेका  नेपालीहरु स्तब्ध भएका छन्। दुखद घटना बाट अत्यन्तै ठुलो जनधनको क्षति भएको र ति हृदय बिदारक दृश्यहरु आईरहेको छ ।  यस दुखद घडीमा हाम्रो मातृभूमी र विपदमा पर्नु हुने सम्पूर्ण नेपाली दाजूभाईहरुलाई सहयोग गर्नु  सम्पूर्ण नेपालीको कर्तब्य हुन् आएको छ । अकल्पनीय दैविक प्रकोप तथा बिनाश कारी भूकम्प ले ल्याएको विपदको घडीमा तत्काल राहतको लागी गैर आवासीय नेपाली संघ बेल्जियमले आपत कालिन राहत रकम रू दश लाख सहयोग गर्ने घोषणा गरेको एनआरएन ए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ ले बताएका छन् ।

साथै बेल्जियममा रहेका सम्पूर्ण  नेपाली लगाएत  संघ-सस्थाहरु लाई यस विपतको घडीमा एकताबद्ध भई आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्न समेत अनुरोध गरेको छ ।

Previous articleभूकम्प पिडीतका लागि घले दम्पत्तिले दिए दुई करोड
Next articleनेपाली जनसम्पर्क समिति स्विट्जटरल्याण्डले भूकम्प पिडीतहरुका लागि चन्दा संकलन शुरु गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here