शनिवार नेपालमा आएको बिनासकारी भूकम्पबाट पिडीत नेपाली दाजुभाईको सहयोगका लागि गैरआवासीय नेपाली संघले बिश्वब्यापी सहयोग संकलन अभियान चलाउने भएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालको अहिलेको आपतकालिन अबस्थाको लागि आफ्नो तर्फबाट एक करोड रुपैयाँ र आफ्नी धर्मपत्नी जमुना गुरुङको तर्फबाट एक करोड रुपैयाँ गरी कुल दुई करोड रुपैयाँ भूकम्पपिडीतका लागि सहयोग गर्ने घोषणा गरेको छ।
उक्त रकम सरकारी कोषमा दाखिल नगरी बिभिन्न संस्थाहरुसंगको समन्वयमा सिधै पिडीतसमक्ष पुग्ने ब्यबस्था गरिने जनाइएको छ। अध्यक्ष घलेले अन्तराष्ट्रिय सहायत संस्थाहरुलाई पनि सहयोगका अग्रसर रहन हार्दिक अपिल गर्नुभएको छ।

Previous articleनेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको अपिल
Next articleएनआरएन बेल्जियमले भूकम्प पिडित लाई दशलाख राहत सहयोग प्रदान गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here