पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनामा परी चार जना विद्यार्थी र एक जना सर्वसाधारण गरी पाँच जनाकाे मृत्यु भएकाे छ ।
कास्की जिल्लाको पोखरा शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कूलको बस आज बिहान पोखरा महानगरपालिका २८ माझथानाबाट फर्किँदै गर्दाको अवस्थामा ओख्लेभीर भन्ने स्थानमा दुर्घटनामा परेको हाे । दुर्घटनास्थलबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएका घाइतेहरु मध्ये ५ जनाको मृत्यु भईसकेको अस्पताल स्रोतले जनाएको छ भने बाँकी १६ जनाको उपचार भईरहेको जनाइएको छ ।
दुर्घटनामा परी मृत्य हुने मध्ये हालसम्म ४ जनाको सनाखत भएको छ भने एक जनाको सनाखत भएको छैन । सनाखत भएका मृतकहरुमा ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीया सुभेच्छा तिवारी, १५ वर्षीया ममता तिवारी र १३ वर्षीय असिम कँडेल रहेका छन् ।
बाँकी घाइतेहरुको अस्पतालमा उपचार भईरहेको र एक जना घाइते अस्मी कँडेलको भने आइसियुमा उपचार भईरहेको अस्पतालले बताएको छ ।

Previous articleभोटेकोशी बाढीबाट प्रभावित रसुवागढी जलविद्युत आयोजनाका परिवारद्वारा सञ्चालक समक्ष अल्टीमेटम पेश
Next articleएनआरएनएले सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here