काठमाडौं । रोटरी क्लब अफ डिल्लीबजारले नक्सालस्थित डेफ एण्ड डम्ब स्कूलका विद्यार्थीहरुलाई खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।
क्लबले आफ्नो सामाजिक सेवाअन्तर्गत सञ्चालन गर्दै आएको ‘Support to Deaf and Dumb School’ Signature Project अन्तर्गत नक्सालस्थित डेफ एण्ड डम्ब स्कुलका विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्री वितरण गरेको हाे।

क्लबले गत मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुर्‍याउने उद्देश्यका साथ करिब रु. २७ हजार बराबरका आवश्यक बिभिन्न खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो।

क्लबले फुटबल, बास्केटबल, ब्याडमिन्टन, चेस, लुडो, हुलाहुप, रिङ, कर्क, क्यारम बोर्ड लगायतका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो सिग्नेचर प्रोजेक्टका रुपमा सन् २००६ देखि नै Support to Deaf and Dumb School कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ। यस परियोजना मार्फत क्लबले विद्यालय तथा विद्यार्थीहरूको आवश्यकता पहिचान गरी विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको क्लबले जनाएको छ।

विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले अध्ययनसँगै खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले यस वर्ष खेलकुद सामग्री सहयोग गरिएको क्लबका अध्यक्ष सुजिता अधिकारी पोखरेलले बताउनु भयो ।

विद्यालय परिवारले विद्यार्थीहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी खेलकुद सामग्री उपलब्ध गराएकोमा रोटरी क्लब अफ डिल्लीबजारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ।

रोटरी क्लब अफ डिल्लीबजारले आगामी दिनमा पनि यस प्रकारका सामाजित उत्तरदायित्व बहन गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रमा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous articleभोटेकोशी बाढी प्रभावितका लागि भुटानद्वारा नेपाललाई १६ करोड सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here