गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आगामी १५, १७ अगष्ट २०२६ मा चीनको ग्वाँगजौ स्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सम्पन्न हुने उक्त सम्मेलनको तयारी पूरा भएको एशिया प्यासिफिक क्षेत्रीय संयोजक दिपक कँडेलले एक विज्ञप्ती जारी गरी बताएका हुन् ।
कँडेलद्वारा अगष्ट १२ मा जारी विज्ञप्तिमा भनिएको छः
आगामी १५, १७ अगष्ट २०२६ मा चीनको ग्वाँगजौ स्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सम्पन्न हुने उक्त सम्मेलनको तयारी पूरा भएको एशिया प्यासिफिक क्षेत्रीय संयोजक दिपक कँडेलले एक विज्ञप्ती जारी गरी बताएका हुन् ।
कँडेलद्वारा अगष्ट १२ मा जारी विज्ञप्तिमा भनिएको छः
गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ (“Aarohan 2026 – Rising Together, Leading Forward”) आगामी १५–१७ अगस्ट २०२६ चीनको ग्वांगजौ स्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर (Crowne Plaza Guangzhou City Centre) होटलमा भव्यताका साथ आयोजना हुँदैछ । “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मुख्य ध्येयका साथ आयोजित यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ ।
गैरआवासीय नेपाली संघ (NRNA), ११औँ NRNA एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा हुने सम्मेलनका मुख्य आकर्षण तथा सत्रहरू: उद्घाटन समारोह (१५ अगस्ट २०२६): यस सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक दीपक कंडेलज्यूले गर्नुहुनेछ भने, प्रतिनिधिसभाका माननीय विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता श्री भीष्मराज आङ्देम्बेज्यूको प्रमुख आतिथ्यता रहनेछ । साथै, विभिन्न राजनीतिक दलका माननीय सचेतकहरू, माननीय सांसदहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, चीनस्थित नेपाली कूटनीतिक नियोगहरुका प्रमुखहरू तथा गैर आवासीय नेपाली संघका संस्थापक एवं अग्रज नेतृत्वहरूको विशेष उपस्थिति रहनेछ ।
सम्मेलनमा व्यापार र लगानीका नीतिगत छलफल (सत्र १): गैरआवासीय नेपालीहरू र नेपालको व्यापार तथा लजिस्टिक क्षेत्रबीच लगानीका अवसरहरू प्रवद्र्धन गर्ने विषयमा गहिरो नीतिगत संवाद हुनेछ । एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको सुदृढीकरण (सत्र २): यस क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (NCC) हरूको गतिशीलता बढाउने र अनुभव आदानप्रदान गर्ने विषयमा केन्द्रित रहनेछ। सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण (सत्र ३): वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौती, अवसर, सीमापार मानव बेचबिखन तथा आप्रवासी कामदारहरूको अधिकार सुरक्षाका विषयमा विस्तृत बहस हुनेछ । नेपाली नागरिकताको निरन्तरता र अधिकार (सत्र ४): गैरआवासीय नेपाली नागरिकता निरन्तरता (CNC) र PNO अधिकारहरूको संस्थागत कार्यान्वयनबारे मुख्य सत्र सञ्चालन हुनेछ । पर्यटन प्रवर्द्धन र जरोसँगको पुनर्मिलन (सत्र ५): विशेष गरी पर्वतीय पर्यटन र स्वास्थ्य (वेलनेस) पर्यटनमार्फत डायस्पोराको शक्तिलाई नेपालको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने विषयमा छलफल हुनेछ। महिला तथा युवा सत्र (सत्र ६ र ७):
“व्यवसाय निर्माण, रूपान्तरण नेपाल” भन्ने उद्देश्यका साथ महिला सशक्तीकरण र दोस्रो पुस्ताका नेपालीहरूको पहिचान, नेतृत्व विकास तथा विश्वव्यापी सञ्जाल विस्तारमा विशेष सत्रहरू तय गरिएका छन् । NRNA को रि-ब्रान्डिङ (सत्र ८): संघको साङ्गठनिक पहिचानलाई थप सबल बनाउँदै समृद्ध भविष्यतर्फ डोर्याउने विषयमा विचारविमर्श हुनेछ ।
समापन तथा घोषणापत्र: १६ अगस्ट २०२६ का दिन विभिन्न प्लेनरी सत्रहरू सम्पन्न भएपश्चात ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ । यसैगरी, सम्मेलनको अन्तिम दिन १७ अगस्ट २०२६ का दिन सहभागी प्रतिनिधिहरूका लागि ग्वाझाओबाट उत्तरतर्फ करिब ७० देखि ८० किलोमिटर (डेढ देखि दुई घण्टाको ड्राइभ) दूरीमा रहेको छिमेकी छिंगयुआन सहरस्थित प्रख्यात Gulong Gorge Glass Bridge (Gulongxia) मा आधिकारिक अवलोकन भ्रमण (Excursion) को कार्यक्रम तय गरिएको छ।
यस ऐतिहासिक क्षेत्रीय सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने हामीले विश्वास लिएका छौँ । उक्त सम्मेलनमा उपस्थित भई समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई हार्दिक आमन्त्रण एवं अनुरोध गर्दछौँ विज्ञप्तीमा भनिएकाे छ ।




