रोटरी क्लब अफ डिल्लीबजार काठमाडौं र रोट्र्याक्ट क्लब अफ डिल्लीबजारको संयुक्त आयोजनामा प्रणवानन्द आश्रममा खीर खाने कार्यक्रम सम्पन्न भएको छ।
साउन १५ गते खीर खाने दिवसको अवसरमा शुक्रबार रोटरी क्लब अफ डिल्लीबजार र रोट्र्याक्ट क्लब अफ डिल्लीबजारले संयुक्त रुपमा काठमाडौँको गुह्येश्वरीमा अवस्थित प्रणवानन्द आश्रमका विद्यार्थीहरुलाई खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा रोटरियन तथा रोट्रयाक्टहरूको उत्साहजनक सहभागिता रहेको थियो। रोटरियन तथा रोट्रयाक्टहरूका साथै परिवारका सदस्यहरु समेतको सक्रिय उपस्थिति र सहयोगले कार्यक्रमलाई सफल र अर्थपूर्ण बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।
सोही अवसरमा अल्बर्ट इङ्ग्लिस बोर्डिङ स्कुल, मैतीदेवीको सौजन्यमा करिब रु.५०,००० बराबरका फलामका बेड तथा म्याट्रेसहरू प्रणवानन्द आश्रमलाई हस्तान्तरण गरिएको थियो । अल्बर्ट इङ्ग्लिस बोर्डिङ स्कुलका तर्फबाट प्रदान गरिएको उक्त सहयोगले आश्रमलाई ठूलो सहयोग मिलेको बताउँदै प्रणवानन्द विदाश्रमका प्रधानाध्यापक राजाराम यादवले सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रम पश्चात् कार्यक्रमलाई सफल बनाउन सहयोग, सहभागिता तथा योगदान पुर्याउनु हुने सम्पूर्ण रोटेरियन, रोट्र्याक्टर तथा सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष श्री सुजिता अधिकारी पोखरेलले आगामी दिनहरूमा पनि यस्तै सेवामूलक कार्यमा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
उक्त कार्यक्रमका लागि क्यानडाको क्याल्गरी निवासी श्री अनुपराज पन्त र श्री सुगम पन्तबाट प्राप्त रु. १०,००० तथा रोटरी क्लब अफ डिल्ली बजारका सदस्य ज्यूहरुबाट प्राप्त सहयोग रकम सहित कूल रु. १४,००० प्रणवानन्द आश्रमका प्रधानाध्यापक राजाराम यादवलाई हस्तान्तरण गरिएको थियो।
उक्त सहयोग रकम रोटरी क्लब अफ डिल्लीबजार कि वर्तमान अध्यक्ष सुजिता अधिकारी पोखरेलबाट आश्रमका प्रधानाध्यापक यादवलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो भने सहयोग हस्तान्तरण पश्चात् अध्यक्ष पोखरेलले उदार मनका धनी सहयोगदाताहरुबाट प्राप्त उक्त आर्थिक सहयोगका लागि सम्पूर्ण दाताहरू तथा सहयोगी सदस्यहरूप्रति क्लबका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा रोटरी क्लब अफ डिल्लीबजारका पूर्व अध्यक्षहरू जयेन्द्र रिमाल र इन्दिरा पौडेल पराजुली, वर्तमान अध्यक्ष सुजिता अधिकारी पोखरेल, सचिव मनोजकुमार श्रेष्ठ, साथै रोटेरियनहरु बविता बस्नेत, ऋषिकेश देव पन्त, दामोदर नेपाल तथा भिजिटिङ रोटेरियन विष्णु पराजुलीको उपस्थिति रहेको थियो।
त्यसैगरी रोट्र्याक्ट क्लब अफ डिल्लीबजार कि अध्यक्ष सुस्मिता पाण्डित, रोट्रयाक्टर राशिका रायमाझी, नितिका बराकोटी, सौम्या सिंह, सरिता महर्जन लगायत अन्य रोट्रयाक्टरहरुका साथै अतिथि राम कुमारी खड्का समेत उल्लेखनीय संख्यामा रोटेरियन तथा रोट्र्याक्टरहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप भव्य, सफल र अर्थपूर्ण बनाएको थियो।
त्यसैगरी कार्यक्रममा उपस्थित रोटरियन, रोट्रयाक्टर, भिजिटिङ रोटरियनहरु सबैलाई आश्रमका प्रधानाध्यापक राजाराम यादवले रुद्राक्षको मालाद्वारा स्वागत तथा सम्मान गर्नुका साथै प्रसाद समेत वितरण गर्नु भएको थियो ।













