लगातार घटिरहेको शेयर बजार शुक्रबार ७९.७४ अंकले बढेर २६७७ को बिन्दुमा पुगेको छ ।
लामो सयमदेखि ओरालो गतिमा रहेको शेयर बजारले मंगलबारदेखि भने हरियो बाटो तय गरेको छ । बिहीबार ७.५० अंकले बढेको बजार शुक्रबार भने बजार खुलेदेखि नै उकालो गति लिँदै ७९.७४ अंक (३.०६ प्रतिशत) को वृद्धिसँगै २६७७ को बिन्दुमा पुगेर रोकिएको हो ।
अघिल्ला कारोबार दिनहरुमा कहिले सामान्य वृद्धि त कहिले ओरालो गति हुँदै अधिकाँश समय रातो बिन्दु पछ्याइरहेको शेयर बजारले शुक्रबार भने एकाएक उकालोको ग्राफ बढाएको छ । शुक्रबार कारोबार शुरु भएदेखि नै निरन्तर उकालो गति पछ्याउँदै बजार बन्द हुँदा चैत्र महिना यताको सबैभन्दा उच्च अंकको वृद्धि तय गरेको हो ।
उच्च अंकको वृद्धि समातेको नेप्सेको कारोबारको रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको देखिन्छ । बिहीबार ४ अर्ब ५६ करोड बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ५३ करोडको मात्र कारोबार भएको छ ।

Previous articleपर्यटन प्रवर्धनका कार्यक्रम स्थानीय सरकारको प्राथमिकतामा
Next articleबागमती प्रदेशका ६ मन्त्री जिम्मेवारी बिहिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here