सुदूरपश्चिम प्रदेशको बझाङमा जीप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ ।
प्राप्त जानकारी अनुसार शनिबार बझाङकाे केदारस्यूँ गाउँपालिका वडा नं. ७ को सुङगरे भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको स्थानीय प्रशासनले पुष्टी गरेको छ । सोही दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको जनाइएको छ । घाइतेहरुको उद्धार तथा उपचारका लागि दुर्घटनास्थलमा हेलिकप्टर गइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुर्घटनाग्रस्त जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Previous articleएसीसी यू १९ महिला प्रिमियर कपमा नेपालको शानदार शुरूआत
Next articleचलचित्र गौँथलीको अमेरिका राइट्स विक्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here