रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो २६ औँ स्थापना दिवस कार्यक्रम भव्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ।
यही मिति २०८३ साल आषाढ २४ गते (जुलाई ८, २०२६) का दिन काठमाडौँको होटल यल्लो प्यागोडामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर रोटरियन बिष्णु बहादुर कार्की रहनु भएको थियो भने अन्य अतिथिहरुमा डिस्ट्रिक्ट सेक्रेटरी रोटरियन गौतम श्रेष्ठ, रिजन १ सेक्रेटरी रिकेश कायस्थ, ए.जी अकोश श्रेष्ठ, डिस्ट्रिक्ट ट्रेजरर सुजन कुमार काफ्ले, पिएजी डिल्लीबजार भरत श्रेष्ठ, आरसी ग्यानेश्वरका चार्टर प्रेसिडेण्ट रसुमिला श्रेष्ठ, त्यसैगरी आरसी काठमाडौँ कलंकीका प्रसिडेण्ट प्रवीण ढवाडी, आरसी बानेश्वरका प्रेसिडेण्ट किशोर मास्के तथा का.म.न.पा. २९ का वडा सदस्य सन्तोष ढुंगेल रहनु भएको थियो । क्लबका अध्यक्ष सुजिता अधिकारी पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम क्बका प्रेसिडेण्ट इलेक्ट दिप्ती सिंहले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का प्रेसिडेण्ट प्रेम कुमार ओलीले आफ्नो कार्यकालमा भए गरेका सामाजिक कार्यहरुका बारेमा प्रकाश पार्दै वर्षभरिमा क्लबले ५२ वटा सामाजिक कार्यहरु सम्पन्न गरेको बताउनु हुँदै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने बोर्ड सदस्य ज्यूहरु, सम्पूर्ण रोटरियन ज्यूहरु लगायत सर्वसाधारणलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले वर्ष ०२५/२६ मा क्लबका गतिविधिमा उल्लेख्य योगदान दिनुहुने रोटरियनहरुलाई सम्मान गर्नु भएको थियो ।
त्यसैगरी वर्ष २०२६/२७ का प्रेसिडेण्ट सुजिता अधिकारी पोखरेलले बैठक सञ्चालन गर्नुका साथै आगामी कार्यकालमा आफ्नो टिमलाई पूर्ण रुपमा सहयोग गरी रोटरीको नारा क्रिएट लाष्ट इम्प्याक्ट अनुसार क्रियाशिल भई रोटरीको अभियानमा निरन्तर लागिपर्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा वर्ष ०२६/२७ का प्रेसिडेण्ट सुजिता अधिकारी पोखरेलले बोर्ड सदस्यहरुलाई सपथ गराउनु भएको थियो ।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटरियन बिष्णु बहादुर कार्कीले आरसी डिल्लीबजारले धेरै नै राम्रा कार्यहरु गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यसैगरी सामाजिक कार्यमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा क्लबका पास्ट प्रेसिडेण्ट जयन्द्र रिमालले डिस्ट्रिक्ट गर्भनर रोटरियन बिष्णु बहादुर कार्कीको जिवनी प्रस्तुत गर्नु भएको थियो ।






















