काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा फैसला गर्दै प्रकरणमा मुछिएका मध्ये ७ जनालाई सफाइ दिँदै बाँकी १४ जनालाई दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधिश तेज बहादुर खड्काको इजलासले गरेको फैसलाले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तरगत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मध्ये ७ जनालाई सफाइ दिएको छ भने १४ जनालाई दोषी ठहर गरेको छ । मुद्दामा ७ जनाले सफाइ पाएका छन् पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी र बालकृष्ण खाण सहित अन्य दोषी ठहर भएका छन् ।
दोषी ठहर भएकाहरुमाः पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री टोप बहादुर रायमाझी, तत्कालिन गृह सचिव टेक नारायण पाण्डे, सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, र आङटावा शेर्पा, सन्देश शर्मा र विक्रम भन्ने गोविन्द कुमार चौधरी, टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मिँया, हरिभक्त महर्जन, र निरञ्जन कुमार खरेल, बेचन झा रहेका छन् भने अभियोग दाबी पुग्न नसक्ने भन्दै अदालतले ७ जनालाई पूर्ण सफाइ दिएको छ । पूर्ण सफाइ पाउनेहरूमाः टंककुमार गुरुङ, सन्दिप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापा रहेका छन् ।



