बेर्न। स्विट्जरल्याण्डको बेर्नमा २० जुन २०२६ शनिबार हिमालयन एग्रो ट्रेडको आयोजनामा नेपाली सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोप भ्रमणमा रहेकी चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारको विशेष सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो।

 

गायिका परियारले आफ्ना चर्चित गीतहरू ढले ढले, स्याउली बजारमा, पोखरा पृथ्वीचोकमा तथा पञ्चेबाजा प्रस्तुत गर्दै कार्यक्रम हलको माहोल नै उत्साहपूर्ण बनाएकी थिइन्। उनका प्रस्तुतिमा दर्शकहरूले नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए।

 

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूले पनि गायन तथा नृत्य प्रस्तुत थिए।

आयोजकले प्रवेश टिकटसँगै प्रदान गरिएको नम्बरका आधारमा भाग्यशाली चिठ्ठा समेत सञ्चालन गरेको थियो। चिठ्मामा प्रथम र दोस्रो हुने सहभागीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमस्थलमा चट्पट लगायत विभिन्न नेपाली परिकारका नेपाली दैनिक उपभोग्य सामग्रीका स्टलहरू पनि राखिएका थिए। हिमालयन एग्रो ट्रेडले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्दै स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायलाई सहज रूपमा नेपाली सामान उपलब्ध गराउने उद्देश्य प्रस्तुत गरेको थियो।

हिमालयन एग्रो ट्रेड विश्वास गहतराज र बिनु सुनारद्वारा स्विट्जरल्याण्डबाट सञ्चालन हुँदै आएको नेपाली सरसामानको अनलाइन पसल हो, जसले स्विट्जरल्याण्डमा रहेका नेपालीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।

कार्यक्रमको सञ्चालन आयुसा खड्काले गरेकी थिइन्।

Previous articleसुरेन्द्र ढकाल फाउन्डेसनद्वारा आर्थिक सहयोग प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here