नेपालको ४३ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका बालेन्द्र शाहलाइ गैर आवासीय नेपाली संघले बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।
गैर आवासीय नेपाली संघका अध्यक्ष डा हेमराज शर्माले एक बधाइ तथा शुभकामना सन्देश जारी गर्दै नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ बधाइ तथा शुभकामना व्यक्त गरेका हुन् ।
स।घद्वारा जारी बधाइ सन्देशमा भनिएको छः
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६(१) अनुसार नेपालको सम्माननीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा श्री बालेन्द्र शाहज्यू लाई गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं र यहाँको सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा योगदान पुर्याउने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ।

यस महत्वपूर्ण जिम्मेवारीमा यहाँको नेतृत्वले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासतर्फ राष्ट्रलाई अग्रसर बनाउनेमा हामी विश्वस्त छौं।जनताको अभूतपूर्व जनादेशसहित यहाँको नेतृत्वले विगतका परम्परागत अभ्यास तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेखनीय उदाहरण प्रस्तुत गरेको छ। यसले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको छ सन्देशमा भनिएको छ ।

Previous articleनेपालको ४३ औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त
Next articleअदालतद्वारा ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here