चैत्र १३,

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ४३ औँ प्रधानमन्त्रीमा बालेन्द्र शाहलाइ नियुक्त गरेका छन् ।
आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेताका रुपमा बालेन्द्र शाह(बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ जारी भए यता धारा ७६ १ अनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो । बालेन्द्र शाह आफ्नो संसद यात्राको पहिलो खुट्किलामा नै नेपालको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
गत फाल्गुण २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा वलीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

Previous articleमेन्टल हेल्थ तथा सेल्फ केयर कार्यक्रम सम्पन्न
Next articleनव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ एनआरएनएको बधाइ तथा शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here