रोटरी क्लब अफ डिल्लिबजार र आइसिएफ्सी फाइनान्स लिमिटेडको संयुक्त आयोजनामा “ग्लोबल मनी वीक” को अवसर पारेर एक विशेष बित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रम काठमाडौंको डिल्लिबजारस्थित कन्या बहुमुखी कलेजमा आयोजना गरिएको थियो, जहाँ सोही कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा बित्तीय ज्ञान अभिवृद्धि गर्नु, बैंकिङ प्रणालीप्रति सचेतना फैलाउनु तथा आर्थिक व्यवहारमा जिम्मेवार बन्न प्रेरित गर्नु रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बित्तीय कारोबारको महत्व, आधुनिक बैंकिङ प्रणाली, ई-बैंकिङको प्रयोग, डिजिटल भुक्तानीका माध्यमहरू, तथा अनलाइन स्क्यामिङ (ठगी) बाट कसरी सुरक्षित रहने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम कुमार वली, पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, क्याम्पस प्रमुख अपराजिता अर्याल, सचिव सन्ध्या राजभण्डारी, रोटरियन शंकर कुमार श्रेष्ठ, रोटरियन विष्णु प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, आइसिएफ्सी फाइनान्स लिमिटेडको तर्फबाट कर्पोरेट ब्रान्च प्रमुख सागरनिधि तिवारी, अपरेसन इन्चार्ज अञ्जना नेउपाने, मार्केटिङ हेड सन्जोक गुरुङ तथा मार्केटिङ रिलेसन अफिसर सारीना श्रेष्ठ प्रशिक्षकका रूपमा उपस्थित भई प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अन्त्यमा कर्पोरेट ब्रान्च प्रमुख सागरनिधि तिवारीले सहभागी सम्पूर्ण विद्यार्थी, आयोजक संस्था तथा सहकार्य गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। आयोजकका अनुसार, यस कार्यक्रमले युवाहरूलाई बैंकिङ प्रणालीप्रति आकर्षित गर्नुका साथै बित्तीय साक्षरता मात्र नभई बचत गर्ने बानी विकास गर्न र आर्थिक रूपमा सचेत बन्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।

Previous articleस्वरोजगार–शिक्षा कार्यक्रमले २५ महिला लाभान्वित
Next articleमेन्टल हेल्थ तथा सेल्फ केयर कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here