जुरीख। युरोपमा रहेका नेपाली कलाकारहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले INAS ११औँ युरोप क्षेत्रीय कार्यक्रम २०२६ बेल्जियममा आयोजना हुने भएको छ। कार्यक्रम आगामी २४–२५ अप्रिल २०२६ मा बेल्जियमको Eventhall-me, Industrielaan 6/3, 9990 Maldegem, Belgium मा हुने आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत ११औँ युरोपियन एकल नृत्य प्रतियोगिता तथा ८औँ युरोपियन एकल गायन प्रतियोगिता आयोजना गरिनेछ। युरोपका विभिन्न देशमा रहेका नेपाली कलाकारहरूले प्रतियोगितामा सहभागी भई आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनेछन्।
यस प्रतियोगितामा स्विट्जरल्याण्डबाट पनि कलाकार पठाउने तयारी भइरहेको छ। स्विट्जरल्याण्डमा रहेका प्रतिभावान गायक तथा नृत्य कलाकारहरूले सहभागी हुनका लागि स्विट्जरल्याण्डका सम्पर्क व्यक्ति सुभाष सुन्दास र रामु परियार सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
आयोजकका अनुसार यदि स्विट्जरल्याण्डबाट सहभागी हुन चाहने कलाकारहरूको संख्या धेरै भएमा उत्कृष्ट प्रतिभा छनोट गर्न स्थानीय स्तरमा अडिसन (Audition) आयोजना गरिनेछ। उक्त अडिसनबाट छनोट भएका कलाकारहरूले मात्र बेल्जियममा हुने मुख्य प्रतियोगितामा स्विट्जरल्याण्डको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारहरूले २५ मार्च २०२६ भित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्ने बताइएको छ। अडिसनको मिति र स्थानबारे थप जानकारीका लागि सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरिएको छ।
सम्पर्क:
सुभाष सुन्दास – ०७८ ८५५ ८३ ९९
रामु परियार – ०७९ ८८८ ७२ ४०




