जुरीख। आगामी अप्रिल १८, २०२६ मा स्विट्जरल्याण्डको जुरीखमा भव्य रूपमा ‘नेपाली नयाँ वर्ष २०२६’ कार्यक्रम आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा हुने उक्त कार्यक्रम नेपाली समुदायलाई लक्षित गरी विशेष सांगीतिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाइने आयोजकले जनाएको छ।
कार्यक्रम GZ, Bucheggstrasse 93, 8057 Zürich मा दिउँसो २:०० बजेबाट सुरु हुनेछ। “संगीत र मीठो मःम सँग नयाँ वर्ष मनाऔँ” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुति, नृत्य, नेपाली परिकार तथा कला–संस्कृतिसम्बन्धी स्टलहरू रहनेछन्।
सांगीतिक प्रस्तुति र नृत्य
कार्यक्रममा सुभाष एण्ड द फ्यामिली, संगम ब्यान्ड पेरिस तथा द रस्टिज ब्यान्डले लाइभ संगीत प्रस्तुत गर्नेछन्। साथै एन्जेला र ऋचाको नृत्य प्रस्तुति पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
प्रवेश शुल्क
कार्यक्रमका लागि अग्रिम टिकट शुल्क २० स्वीस फ्र्याङ्क तोकिएको छ भने कार्यक्रम स्थलमै टिकट खरिद गर्दा २५ स्वीस फ्र्याङ्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका युवा संयोजक आशिष परियार ले नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई उत्सवमा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक समितिसँग सम्पर्क गर्न सकिने जनाइएको छ।




