बेर्न। मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका परिस्थितिप्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त क्षेत्रका विभिन्न देशहरूमा बसोबास, रोजगारी तथा अध्ययनमा संलग्न नेपाली समुदायमाथि पर्न सक्ने सम्भावित प्रभावप्रति संघले संवेदनशीलतापूर्वक निगरानी गरिरहेको उल्लेख गरेको छ।

संघका अध्यक्ष विष्णु प्रसाद थापा तथा प्रवक्ता डा. विशाल भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा मध्यपूर्वमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै यस संवेदनशील घडीमा सबैको सुरक्षा, स्वास्थ्य र समग्र कुशलताको कामना गरेको छ। वर्तमान अवस्था चाँडै स्थिर र सहज बन्दै जाने विश्वास व्यक्त गर्दै सबैलाई संयमता अपनाउन तथा आवश्यक सतर्कता कायम राख्न आग्रह गरिएको छ।

त्यसैगरी, स्विट्जरल्याण्डमा बसोबास गरिरहेका तथा मध्यपूर्व हुँदै यात्रा गर्ने योजना बनाइरहेका नेपाली समुदायका सदस्यहरूलाई यात्रा सम्बन्धी निर्णय लिनुअघि सम्बन्धित देशहरूको सुरक्षा अवस्था, ट्रान्जिट व्यवस्था तथा आधिकारिक स्रोतहरूबाट अद्यावधिक जानकारी लिन विशेष अनुरोध गरिएको छ।

संघले स्विट्जरल्याण्डस्थित नेपाली समुदायको हित, सुरक्षा सचेतना तथा सूचनामूलक जागरूकताप्रति आफू प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ।

विज्ञप्ति 

Previous articleएनआरएनए स्विट्जरल्याण्डद्वारा जुरीखमा ‘नेपाली नयाँ वर्ष २०२६’ कार्यक्रम आयोजना
Next articleस्विट्जरल्याण्डको ‘२० मिनेट’ दैनिकमा ३५ वर्षका र्‍यापर नेपालका प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here