नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान कम्युनिष्ट एकता एमाले सहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्व वडाध्यक्ष नुच्छे मर्हजनलाई नेपाली कम्युनिष्ट पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरू बीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा व्यक्त गरे।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका एमालेका तर्फबाट पूर्व नगरप्रमुख महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा पूर्वनगरप्रमुख र पूर्ववडा अध्यक्षलाई नेकपाका नेता बामदेव गौतम लगायतका नेताले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।



