प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली सहित प्रदर्शन गरिएको छ ।
आइतबार राजधानीको माइतीघर मण्डलामा भेला भएका राजावादी समर्थकहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्याली निकालेका हुन् । माइतीघर मण्डलाबाट सुरु भएको उक्त मोटरसाइकल र्याली भद्रकालीमा पुगेर समापन भएको थियो । प्रदर्शनकारीहरुले प्रसाईंलाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए ।
मेडिकल व्यवसायी प्रसाईंलाई यही फाल्गुण ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।



