देशभरका ७७ जिल्ला मध्ये ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ ।
आम निर्वाचन २०८२ अन्तरगत यही फाल्गुण २१ गते हुने निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको छ भने देशभरका ७७ जिल्ला मध्ये ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको जनाएको छ ।
निर्वाचन सामाग्री ढुवानीको जिम्मा पाएको नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताएका छन् । उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् ।
दुर्गम हिमाली जिल्ला मध्ये ३ वटा जिल्लामा भने हवाई साधान मार्फत नेपाली सेनाले निर्वाचन सामग्री ढुवानी गरेको छ । जसमा अहिलेसम्म हुम्ला, मुगु र डोल्पामा हवाई साधन मार्फत निर्वाचन सामग्री लगिएको जनाइएको छ । डोल्पामा आइतबार मात्र हवाइ साधन मार्फत निर्वाचन सामाग्री पुर्याइएको पनि नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको स्काई ट्रकबाट मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्रीहरु डोल्पा पुगेका हुन् ।

Previous articleक्यानडामा नेपाल इभिनिङ कार्यक्रम सम्पन्न
Next articleदुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्‍याली 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here