रोटरी क्लब अफ डिल्लीबजारले प्रणय दिवसको अवसर पारेर भव्य साहित्यिक कार्यक्रम आयोजना गरेको छ। क्लबका अध्यक्ष प्रेम ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कलाकार, गायक तथा सिस्नुपानी नेपालका उपाध्यक्ष धीरेन्द्र धीरेन्द्र प्रेमर्षि रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लक्ष्मण गाम्नागेको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिहरूका रूपमा मेगा बैंकका पूर्व अध्यक्ष भोजबहादुर शाह, क्लबका निवर्तमान अध्यक्ष सागर निधि तिवारी तथा साउथ वेस्ट स्टेट कलेजका निर्देशक टिकाराम महरा , गोरखापत्रका पुर्ब डिप्यूटी जिएम यम प्रसाद कडेल रहनुभएको थियो। कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले हास्यव्यंग्य कविता, गीत, गजल तथा मुक्तक प्रस्तुत गरी सभाहललाई पूर्ण रूपमा साहित्यिक माहोलमा रंग्याएका थिए।
क्लबका सचिव सन्ध्याराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पास्ट प्रेसिडेन्ट डा.पार्थिवेश्वर तिम्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमलाई हास्यव्यंग्य कवि तथा कलाकार चक्र दवाडीले रोचक र मनोरञ्जनात्मक ढंगले सञ्चालन गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि धीरेन्द्र प्रेमर्षि, विशिष्ट अतिथि लक्ष्मण गाम्नागे तथा विशेष अतिथिहरू सागर निधि तिवारी, भोजबहादुर शाह, टिकाराम महरा , प्रेम वली ढकलपुरे , लगायत पुण्य आचार्य, , गोपाल नेपाल, सम्झना पोखरेल, , उदय दास, सीता बिष्ट, सुशीला शर्मा धमला, चन्द्रा न्यौपाने, सन्ध्याराज भण्डारी, रविन्द्र नेपाल , थरेन्द्र बराल, बलराम सापकोटा, बैजुनाथ रौनियार, राजेन्द्र केसी, ऋषमदेव घिमिरे, द्वारिका कुइेल, देवेन्द्र केसी, राधा कार्की, ललिता दोसी, महेश्वर पन्त, प्रीति कौर, सरिता महर्जन, लक्ष्मी बुढा लगायत दुई दर्जन भन्दा बढी स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम अत्यन्तै रोचक, घोचक तथा मनोरञ्जनपूर्ण बनेको थियो। अन्त्यमा सहभागी सम्पूर्ण स्रष्टाहरूलाई क्लबका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो।

Previous articleअन्तर्राष्ट्रिय महिला दिवस बेर्नमा विशेष कार्यक्रमसहित मनाइने
Next articleरोटरी क्लबद्वारा तीन दिने आइसिटी (ICT) तालिम कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here