बेर्न। महिलाको अधिकार, सम्मान र सशक्तिकरणको सन्देश फैलाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२६ गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा बर्नमा विशेष कार्यक्रमसहित मनाइने भएको छ।

कार्यक्रम शनिबार, ७ मार्च २०२६ का दिन बेर्न स्थित Petruskirche, Brunnadernstrasse 40, 3006 Bern मा हुने भएको हो।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष विष्णु प्रसाद थापाको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथि ज्योति रिजाल सुवेदी तथा विशेष अतिथि सुस्मिता मास्के निरौला रहेको छ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य महिलाको योगदानलाई सम्मान गर्दै उनीहरूको सशक्तिकरण, नेतृत्व विकास र प्रेरणालाई प्रवर्द्धन गर्नु हो।

दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्वागत, राष्ट्रिय गान, दीप प्रज्वलन, अध्यक्षको सम्बोधन, सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य, बाँसुरी वादन, परियोजना जानकारी तथा सम्मान कार्यक्रम समावेश गरिएको छ।

विशेष अतिथि सुस्मिता मास्के निरौलाले “My Mountain Within: Survival to Summit” शीर्षकमा महिलाको साहस, संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने छिन्।

कार्यक्रमको अन्त्यतिर प्रमुख तथा विशेष अतिथिलाई सम्मान गर्दै फूल गुच्छा प्रदान गरिनेछ भने उपस्थित सबै महिला अतिथिलाई गुलाब फूल प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको समापनपछि सहभागीहरूका लागि रात्रिभोजको व्यवस्था गरिएको छ।

Previous articleमहाशिवरात्रीको अवसरमा बर्नमा नेपाली भेटघाट कार्यक्रम आयोजना हुँदै
Next articleरोटरी क्लब अफ डिल्लीबजारद्वारा प्रेम दिवस सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here