बेर्न। स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै Himalayan Agro Trade ले महाशिवरात्रीको पावन अवसरमा “महाशिवरात्री नेपाली भेटघाट कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बर्न सहरस्थित Oberer Aareggweg 51a, 3004 Bern मा आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
आयोजकका अनुसार यस कार्यक्रमको उद्देश्य विदेशमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति तथा आपसी सद्भावलाई प्रवर्द्धन गर्नु हो।
कार्यक्रममा गीत तथा नृत्यसहित महाशिवरात्रीको सामूहिक उत्सव मनाइनेछ। साथै सहभागीहरूका लागि नेपाली परम्परागत खाजा तथा सफ्ट ड्रिंक १५ स्वीस फ्रान्कमा उपलब्ध गराइनेछ। त्यस्तै, नेपाली उत्पादनहरूको विशेष स्टल राखिनेछ, जहाँबाट सिधै नेपाली सामान खरिद गर्न सकिनेछ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ०७७ ४३१ ९४ ४५ मा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन्।
यसैगरी, कार्यक्रममा हार्ड ड्रिंक पनि उपलब्ध हुनेछ, तर ती अलग्गै खरिद गर्नुपर्ने जानकारी दिइएको छ।
महाशिवरात्रीको अवसरमा नेपाली संस्कृति र पहिचानलाई उजागर गर्ने यस कार्यक्रमले स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायबीच उत्साह थप्ने विश्वास गरिएको छ।




