रोटरी क्लब अफ डिल्लिबजार काठमाडौंले आफ्नो तेस्रो इन्टर्याक्ट क्लबको रूपमा इन्टर्याक्ट क्लब मङ्गलदोय स्थापना गरेको छ। यसअघि क्लबले इन्टर्याक्ट क्लब अल्बर्ट र इन्टर्याक्ट क्लब सूर्योदय सञ्चालन गर्दै आएको थियो।

स्थापना समारोहमा रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीले इन्टर्याक्ट क्लब मङ्गलदोयकी चार्टर्ड अध्यक्ष निशा मगरलाई औपचारिक रूपमा कोलर हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनुभयो। त्यसपछि चार्टर्ड अध्यक्ष निशा मगरले क्लबका सम्पूर्ण चार्टर्ड सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो।

कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वली, निवर्तमान अध्यक्ष सागर निधि तिवारी, पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, रोटर्याक्ट क्लब अफ डिल्लिबजारकी अध्यक्ष साक्षी बहेटी, रोटर्याक्ट क्लब मातृभूमीका चार्टर्ड अध्यक्ष भूपेन्द्र सिंह, मङ्गलदोय माविका प्रधानाध्यापक कबिन्द्र गोपाली लगायतको उपस्थिति रहेको थियो। सहभागी सबै अतिथिहरूले नयाँ इन्टर्याक्ट क्लबको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

सो अवसरमा रोटर्याक्ट क्लब अफ डिल्लिबजारकी अध्यक्ष साक्षी बहेटीले इन्टर्याक्ट क्लब मङ्गलदोयका लागि एक वर्षको वार्षिक दर्ता शुल्क स्वरूप नगद रु. २,००० प्रदान गर्नुभयो। त्यस्तै, रोटर्याक्ट क्लब अफ मातृभूमी, बलुवाटारले क्लबका लागि केही उपयोगी पुस्तकहरू हस्तान्तरण गरेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रेम वलीले चार्टर्ड अध्यक्षलाई चार्टर्ड प्रमाणपत्र, कोलर, गोंग र ह्यामर प्रदान गर्नुभयो भने अन्य अतिथिहरूले नयाँ सदस्यहरूलाई पिन हस्तान्तरण गर्नुभएको थियो।

Previous articleजुरीख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डको चौथो महाधिवेशन सम्पन्न
Next articleस्विट्जरल्याण्डमा २८६२औँ सोनाम ल्होसार भव्य रूपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here