बिभाजित भएको नेपाली कांग्रेसको आधिकारिताका सम्बन्धमा निक्र्योलमा पुग्न निर्वाचन आयोगले अनौपचारिक छलफल शुरु गरेको छ ।
काठमाडौँमा बुधबार सम्पन्न दोश्रो विशेष महाधिवेशनले गगन कुमार थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेपछि नेपाली काँग्रेस दलको विवरण अद्यावधिका लागि थापा नेतृत्वको काँग्रेसले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ । उनीहरुले काँग्रेसको दोश्रो विशेष महाधिवेशनले पुरानो कार्य समिति भंग गरेर नयाँ कार्य समिति चयन गरेको भन्दै सोही बमोजिमको अद्यावधिका लागि निवेदन दिएको हो ।
उता शेर बहादुर देउवा नेतृत्वको काँग्रेसले नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धी कुनै पनि कार्यक्रम नरहेको भन्दै यसअघि नै निर्वाचन आयोगमा निवेदन दिईसकेको छ । पुरानो नेतृत्वको कार्य समितिले आफू नै आधिकारिक काँग्रेस भनिरहेको र थापा नेतृत्वले पनि विशेष महाधिवेशनबाट निर्वाचित समिति नै आधिकारिक काँग्रेस भनेर दाबी गरिरहेको सन्दर्भमा दुई मध्ये कुन चाहिँ आधिकारिक भन्ने सवाललाई लिएर निर्वाचन आयोग अनौपचारिक छलफलमा जुटेको हो ।

Previous articleसिंगो मुलुक र एमाले विरुद्ध नै प्रतिक्रियावादी षडयन्त्र भइरहेको छ- ओली
Next articleरोटरी क्लब अफ डिल्लीबजारद्वारा आगलागीबाट बच्ने उपायका बारेमा अन्तरक्रिया सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here