पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो मुलुक र आफ्नो पार्टीविरुद्ध नै षड्यन्त्र भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन् । उनले देशमा प्रतिक्रियावादी षडयन्त्र भइरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले विगत लामो समयदेखि कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै चल्दै आइरहेको बताएका हुन् । उनले कुनै पनि हालतमा हामी प्रतिक्रियावादीका षडयन्त्रलाई सफल हुन नदिने बताएका छन् । साथै उनले नेपालमा नेकपा एमाले रहुनजेल नेपालले कहिल्यै पनि नहार्ने समेत जिकिर गरे ।


