जुरीख। तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार नजिकिँदै गर्दा तामाङ समाज स्विट्जरल्याण्डले यस वर्ष पनि उल्लासपूर्ण भव्यताका साथ कार्यक्रम आयोजना गर्न लागेको छ। आगामी जनवरी २४, २०२६ (शनिवार) का दिन Angelusgasse 82, 5735 Rickenbach मा विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा मौलिक परम्परा झल्किने कार्यक्रमसहित ल्होसार मनाइने भएको छ।
कार्यक्रम दिउँसो १:०० बजे सुरु भई राति ९:०० बजेसम्म चल्ने छ। तामाङ समुदायको पहिचान बोकेको आकर्षक सांस्कृतिक प्रस्तुति, विशेष नेपाली परिकारहरूको स्वाद, र चर्चित गायक सुभाष सुन्दाष तथा रामु परियारको दमदार सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछ। समुदायबीच एकता, पहिचान र परम्परालाई जोड्ने उद्देश्यका साथ आयोजना हुने यस कार्यक्रममा स्विट्जरल्याण्ड तथा छिमेकी देशमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाइ हार्दिक निमन्त्रणा गरिएको छ।
प्रवेश शुल्क ३५ स्वीस फ्रान्क तोकिएको छ भने १२ वर्षमुनिका बालबालिकाका लागि निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ। साथै, सहजताको लागि जनवरी २०, २०२६ सम्म TWINT मार्फत पनि भुक्तानी गर्न सकिने तामाङ समाजले जनाएको छ।
सम्पूर्ण नेपाली समुदायलाई सोनाम ल्होसारको हार्दिक शुभकामना दिदै तामाङ समाज स्विट्जरल्याण्डले सबैलाई कार्यक्रम सहभागी भएर नेपाली कला, संस्कृतिको संरक्षणमा हातेमालो गर्न आह्वान गरेको छ।
तेस्रो महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन
यसै बीच, तामाङ समाज स्विट्जरल्याण्डले ३१ अगष्ट २०२५, आराउमा सम्पन्न तेस्रो महाधिवेशनमार्फत २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सबै पदधारीहरू सर्वसम्मत रूपमा चयन भएका छन्, जसले संगठनको एकता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
नयाँ कार्यसमिति (२०२६–२०२८)
अध्यक्ष – गोपाल तामाङ
उपाध्यक्ष – प्रदिप तामाङ
उपाध्यक्ष – डम्बर तामाङ
महासचिव – इमान लामा
सचिव – नागम तामाङ
कोषाध्यक्ष – सबिन तामाङ
सदस्यहरू :
शालु थिंग, दुर्गा तामाङ, सोनाम लामा, प्रेम लामा, कर्म लोप्चन, पासाङ थोकर, अशोक लोप्चन
सल्लाहकार :
शुभएल्मर लामा, दावा पख्रीन तामाङ, ज्ञनेन्द्र घले तामाङ, केरसिङ तामाङ
संरक्षक :
दिलीप लामा





