गरामनी, झापा

रोटरी क्लब अफ डिल्लिबजारले झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा निर्माण गरेको महिला शाैचालय (Girls Toilet) शाैचालय औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरेको छ। उक्त शाैचालय निर्माणमा रोटरी अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को पनि आर्थिक सहयोग रहेको थियो।
साेमबार बिद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजारका रोटेरियन भक्तीप्रसाद पाठक प्रमुख अतिथि तथा उनकी स्पाउस नर्बदा खरेल विशेष अतिथि रहनुभएको थियो। उक्त समारोह विद्यालयका अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक तथा विद्यालय परिवारको उपस्थिति बीच सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि भक्तीप्रसाद पाठकले रोटरीको तर्फबाट विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूका लागि ‘बेल पेपर’ पनि हस्तान्तरण गर्नुभयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेले रोटरीको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको आवश्यकतामा टेवा पुगेको उल्लेख गर्नुभयो।
सामाजिक क्षेत्रमा आफ्ना सहयाेगी हातहरू फैलाइरहेकाे रोटरी क्लब अफ डिल्लिबजारले सामुदायिक विकासका क्षेत्रहरूमा समेत निरन्तर सक्रियपूर्वक सेवा प्रदान गर्दै आएको छ।

 

 

Previous articleमुल्डे भ्यू–पार्क : हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’ (फाेटाे फिचर सहित)
Next articleतामाङ समाज स्विट्जरल्याण्डद्वारा सोनाम ल्होसारको भव्य तयारी, नयाँ कार्यसमिति पनि सर्वसम्मत चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here