राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क समिति (अन्तर्राष्ट्रिय सञ्जाल) स्वीट्जरल्याण्डको तदर्थ समिति गठन भएको छ । स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुको एक भेलाले उक्त तदर्थ समिति गठन गरेको हो ।


रेशम खत्रीको सभापतित्वमा नव गठित तदर्थ समितिमा उपसभापति कलम पुन र चिजा गाहा मगर रहेका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरुमा महासचिव लाल सुनार, सचिव अमृत सुवेदी सहसचिव दावा शेर्पा, कोषाध्यक्ष रेशम रोका, सहकोषाध्यक्ष मिना तिलिजा रहेका छन् । त्यसैगरी समितिको प्रवक्तामा नवराज घिमिरे रहेका छन् भने सदस्यहरुमा ईश्वर थापा मगर, प्रविन थापा मगर, सूर्य भट्टचन, खिम जूगजाली, सगुन हमाल रहेका छन् । सल्लहाकारमा कृष्ण शिवाकोटी र सारा पुन रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो ३७ औँ प्रवास सम्पर्क समिति हो ।

Previous articleरोटरी क्लब डिल्लिबजारको टेबल टेनिस प्रतियोगिता सम्पन्न
Next article‘युरोप नेपाल स्वास्थ्य पुरस्कार’ चिकित्सक सँघलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here