रोटरी क्लब डिल्लिबजारद्वारा आयोजित टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि आरआई डिस्ट्रिक्ट पब्लिक इमेज चेयर अमित गिरी र क्लबका अध्यक्ष प्रेम वलीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।
प्रतियाेगिताकाे महिला समूहतर्फ राेटरियन इन्दिरा पराजुली प्रथम हुनु भएकाे थियाे भने दाेश्राे राेटरियन सविता के.सी. र तेश्राे राेटरियन सुजिता अधिकारी र दीपा श्रेष्ठ हुनु भयाे ।
त्यसैगरी प्रतियाेगिताकाे पुरूषतर्फ राेटरियन मनाेहरि थापा प्रथम हुनु भएकाे थियाे भने राेटरियन सुमित कुँवर दाेश्राे र इन्द्रशेखर खड्का र बिष्णु पराजुली संयुक्त रूपमा तेश्राे हुनुभएकाे थियाे ।
विजेताहरूलाई पास्ट प्रेसिडेन्टहरु मोहनकृष्ण श्रेष्ठ, पुन्यप्रसाद पौडेल र अरुण रेग्मीले पुरस्कार वितरण गर्नुभएको थियो।
प्रथम हुने खेलाडीलाई शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो भने अन्य विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
अध्यक्ष प्रेम वलीले फेलोशिप, स्वास्थ्य तथा पब्लिक इमेज वृद्धि साथै सदस्यता विस्तारमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
कार्यक्रमका संयोजक रोटेरियन बलराम सापकोटाले टुर्नामेन्ट सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो।
प्रमुख अतिथि अमित गिरिले डिल्लिबजार रोटरी क्लबले समाजसेवा मात्र नभई संस्कृति, नृत्य तथा खेलकुद क्षेत्रमा पनि उत्कृष्ट छाप छोड्दै आएको प्रशंसा गर्दै, आगामी दिनमा यस टुर्नामेन्टलाई डिस्ट्रिक्ट लेभलमा विस्तार गर्न सकिने सुझाव दिनुभएको थियो।








