रोटरी क्लब अफ डिल्लिबजारले डिस्ट्रिक्ट शौचालय परियोजना अन्तर्गत झापा, गरामनी स्थित दुर्गा हाई स्कूललाई अन्तिम किस्ताको रूपमा रु. १,००,००० को चेक हस्तान्तरण गरेको छ।

उक्त चेक क्लबका अध्यक्ष रोटेरियन प्रेम ओलीले दुर्गा हाई स्कूलका प्रतिनिधि योगेश पाण्डेलाई क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभएकाे हाे ।

 

कार्यक्रममा पास्ट प्रेसिडेन्ट प्रा. डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट रोटेरियन इन्दिरा पराजुली, संयुक्त सचिव रोटेरियन विष्णु बहादुर खत्री, रोटेरियन मनोहारी थापा (क्लबका मिडिया परसन ) ,रोटेरियन विष्णु पराजुली र राेट्र्याक्ट रेजिना लेखकको उपस्थिति थियो।

कार्यक्रमका क्रममा अध्यक्ष रोटेरियन प्रेम ओलीले परियोजनाका उद्देश्य र सफलताका बारेमा प्रकाश पार्दै रोटरीको निरन्तर सामुदायिक सेवाप्रति समर्पण र योगदानको चर्चा गर्नुभयो। त्यसैगरी, पास्ट प्रेसिडेन्ट डा. तिमिल्सिनाले रोटरीको विश्वव्यापी मानवसेवा प्रयास र सामाजिक विकासमा यसको भूमिकाबारे जानकारी गराउनु भयो ।

उक्त परियाेजना रोटरी क्लब अफ डिल्लिबजारले रोटरी अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा भिभाग र स्थानीय सरकारको सहकार्यमा सम्पन्न गरेकाे हो। परियोजनाको मुख्य उद्देश्य सामुदायिक विद्यालयको सरसफाइ तथा स्वच्छता सुधार गर्नु रहेको छ।

Previous articleस्वीटजरल्याण्डमा राष्ट्रीय स्वतन्त्र पार्टीको प्रवास कमिटी गठन हुने
Next articleरोटरी क्लब डिल्लिबजारको टेबल टेनिस प्रतियोगिता सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here