मनाङको तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ आन्तरिक पर्यटकहरूको उद्धार गरिएको छ ।

पछिल्लो सयम मौसममा एकाएक आएको परिवर्तन पछि परेको बाक्लो हिउँका कारण तिलिचो ताल अवलोकनका लागि गएका आन्तरिक पर्यटकहरू मध्ये मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका ९ स्थित बेस क्याम्पमा फसेका ११ जना पर्यटकहरूलाइ सशश्त्र प्रहरी बलले उद्धार गरेको हो ।
प्राप्त जानकारी अनुसार उनीहरूलाइ शनिबार बिहान करिब ६ बजे उद्धार गरिएको सशश्त्र प्रहरी बलले जनाएको छ ।
पछिल्लो समय १५ जना पर्यटकहरू त्यस क्षेत्रमा अलपत्र परेको सूचना प्राप्त भएकोमा उद्धारमा खटिएको सशश्त्र प्रहरी टोलीले दुइ जना चिनियाँ नागरिक र ११ जना नेपाली नागरिक मात्र फेला परेको जनाएको छ । दुइ जना भने अझै हराइरहेका छन् ।
उद्धार गरिएका मध्ये दुइ जना चिनियाँ नागरिक मौसम खुलेपछि आफ्नो भ्रमण पूर्ण गर्ने भन्दै बेसक्याम्पमा नै बसेका र ११ जना नेपाली पर्यटकहरूलाइ चामे तर्फ ल्याइएको छ ।
११ जना मध्ये एक जना महिला बिरामी रहेको पाइएको छ भने एक जना पुरूषको खुट्टामा चोट लागेको छ । उद्धार गरिएका सबै ११ जनामा नै अक्सिजनको तह घटेको पाइएको छ ।

फाेटाेः एपिएफ

Previous articleएकीकृत समाजवादी र माओवादी सहितका दलहरूबीच एकता हुने
Next articleकाठमाडौँका लागि उडेको श्री एयरको विमान भैरहवामा आकस्मिक अवतरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here