नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी सहित अन्य केही दलहरूका बीच एकिकरण हुने भएको छ ।


नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकले निर्णय गरेसँगै एकता प्रक्रियाले गति लिएको हो । एकिकरणमा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकताको अन्तिम चरणमा पुगेका छन् । सोही एकता प्रकृयालाइ अन्तिम रूप दिने तयारी स्वरूप शनिबारका लागि एकता प्रक्रियामा रहेका दलका नेताहरुको बैठक बोलाइएको छ । उक्त बैठकले आगामी एक हप्ताभित्र मै पार्टी एकताको घोषणा गर्ने र निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी भएको बुझिएको छ ।

एकता प्रक्रियामा रहेका दलहरूमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, विप्लवले नेतृत्व गरेको नेकपाबाट विद्रोह गरेका मिलन सी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी रहेका छन् भने एकता पछिको पार्टीको नाम नेकपा समाजवादी राख्ने सैद्धान्तिक सहमति भइसकेको जनाइएको छ । त्यसैगरी पार्टी एकतापछि जनवादी केन्द्रीयता र नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादमा जाने मार्ग तय गरिएको एकिकरण प्रक्रियामा रहेका एक नेताले बताएका छन् । यसैगरी राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद र लेनिनवाद मात्र रहने सहमति भएको पनि जनाइएको छ । त्यसैगरी अशोक राइ नेतृत्वको जसपासँग पनि एकता वार्ता जारी रहेको जनाइएको छ ।

फाेटाेः अनलाइनखबर

Previous articleआज तुलसीको विवाह गरेर हरिबोधिनी एकादशी व्रत मनाइँदै
Next articleमनाङमा फसेका ११ आन्तरिक पर्यटकहरूको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here