नेपालले टेष्ट वरियतामा रहेको राष्ट्र वेस्ट इन्डिजलाई आफ्नो पहिलो टी(२०आई खेलमा पराजित गरेर ऐतिहासिक नतिजा निकालेको छ ।
शनिबार यूएईको शारजाहमा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।

पहिले ब्याटि गरेको नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका तर्फबाट नविन विदायसीले सर्वाधिक २२ रन मात्र बनाए भने अमिर जाङ्गो र किएसी कार्टी समान १९ रनमा समेटिए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक(एक विकेट लिए ।
शनिबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कूल २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएर वेष्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको थियो ।

ब्याटिका क्रममा नेपालका लागि नेपाली टोलीका कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । त्यसैगरी गुल्शन झाले २२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन जोडेका थिए ।

खेलको शुरुआत मै १२ रनमा २ विकेट गुमेको अवस्थाबाट गुज्रिएको नेपाललाई बलियो बनाउन रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

उता वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

आफ्नो ऐतिहासिक खेलमा आज वेस्ट इन्डिजलाई पराजित गरेर नेपालले क्रिकेट इतिहासमा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।

 

फाेटाेः सामाजिक सञ्जाल,

Previous articleनिशुल्क स्वास्थ्य शिविर तथा म्याराथुन सम्पन्न
Next articleके भन्छन् जर्मनीमा कार्यरत नेपाली डाक्टर?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here