जुरीख।  नेपालमा ८ सेप्टेम्बर २०२५ मा भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, ३०० भन्दा बढी घाइते भए। मारिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न स्विट्जरल्याण्ड स्थित जुरीखमा मौन दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालमा भ्रष्टाचारविरुद्ध स्वतन्त्र अभिव्यक्तिको पक्षमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी जेनजी युवाहरु माथि भएको कठोर दमनप्रति दुःख प्रकट गर्दै “Nepalese in Switzerland” ले श्रद्धाञ्जली कार्यक्रमको घोषणा गरेको हो। कार्यक्रम शनिबार, १३ सेप्टेम्बर २०२५, दिउँसो १६:०० बजे, जरीखको Europalle मा आयोजना हुनेछ।

आयोजक सुभाष सुन्दासले सहभागीहरूलाई मैनबत्ती र पोस्टर ल्याएर उपस्थित हुन अनुरोध गरेको छ। सुन्दासले भनेका छन्, “यो अवसर शान्तिपूर्ण र गरिमामय तरिकाले दिवंगत आत्माहरूलाई स्मरण गर्ने मात्र नभई नेपालका युवाहरूको न्यायपूर्ण संघर्षप्रति ऐक्यबद्धता व्यक्त गर्ने साझा थलो हुनेछ।”

Previous articleशान्तिपूर्ण प्रदर्शनमा भएको हिँसात्मक घटना दुःखद – एनआरएनए
Next articleगैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको प्रेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here