सर्वत्र विरोध र जेनजी पुस्ताका युवाहरुको आन्दोलन पछि अन्ततः सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

जेनजी पुस्ताका युवाको सोमबार भएको बृहत प्रदर्शन र उक्त प्रदर्शनमा प्रहरीबाट भएको चरम दमनका कारण १९ जनाको ज्यान गएपछि आकस्मिक रुपमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ताले दिएका छन् ।
सोमबारको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जालहरु खुला गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालिसकेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुँगले बताएका छन् ।
जेनजी पुस्ताको आन्दोलन र विपक्षी दलहरुका साथै सरकार मै सहभागी दल नेपाली काँग्रेसबाट समेत चर्को दबाब आएका कारण उक्त दबाबलाई थेग्न नसकेपछि अन्ततः सरकार आफ्नो निर्णय नै उल्ट्याउने पक्षमा गएको हो ।

Previous articleगृहमन्त्री लेखकले दिए राजीनामा
Next articleशान्तिपूर्ण प्रदर्शनमा भएको हिँसात्मक घटना दुःखद – एनआरएनए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here