नेपाल आर्थिक पत्रकार समाज९सेजन०को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न सेजनको २७ औँ साधारणसभा एवं अधिवेशनबाट भट्टराई ११० मत ल्याएर निर्वाचित भएका हुन् । निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ प्राप्त गरेका छन् ।
त्यसैगरी अधिवेशनबाट सेजनको महासचिवमा कमलकुमार बस्नेत १३९ मत ल्याएर निवार्चित भएका छन् भने महासचिव कै अर्का उम्मेदवार अच्युत पुरीले १०४ मत प्राप्त गरेका छन् ।
त्यस्तै सेजनको कोषाध्यक्षमा केशु लामिछाने १३३ मत सहित निर्वाचित भएकी छिन् । उनका प्रत्यासी ममता थापाले १०८ मत प्राप्त गरिन् ।
त्यसैगरी उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।
सेजनको सदस्य पदमा अर्जुन तामाङ १४१ , कमल धिताल १८५ , भोजराज भण्डारी १४६ , राजु बास्कोटा १५९ र सिमा तामाङ १६२ मत ल्याई निर्वाचित भएका छन् ।



