सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको गम्भीर हनन भएको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरुले बताएका छन् ।
महासंघका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी गराएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ सरकारद्वारा फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो। नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको छ। यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यता विपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य हो ।
सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं । यो कदमले लोकतान्त्रिक मूल्य मान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।
सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाईमा दीर्घकालीन रुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटी समेत बन्द भएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन सक्दैन । हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ ।
साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ ।
साथै सरकारलाई दवाव दिनका लागि मिति २०८२ भदौ २२ गते आइतवार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आव्हान गरिएको छ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई आग्रह गर्दछौं ।
हामी प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सधैं प्रतिबद्ध रहनेछौं ।
१. तारानाथ दाहाल – पूर्व अध्यक्ष
२. गोविन्द आचार्य – पूर्व अध्यक्ष
३. रमेश विष्ट – पूर्व कार्यवहाक अध्यक्ष
४. खिल बहादुर भण्डारी – पूर्व उपाध्यक्ष
५. उदय जिएम – पूर्व उपाध्यक्ष
६. रोशन पुरी – पूर्व महासचिव
७. ध्रुव लम्साल – पूर्वसचिव
८. प्रकाश थापा – पूर्व सचिव
९. पवन आचार्य – पूर्व सचिव
१०. लक्ष्मी पुन – पूर्व सचिव
११. धमेन्द्र कर्ण – पूर्व सचिव
१२. लेखनाथ न्यौपाने – पूर्व लेखा समिति संयोजक
१३. अजय फुँयाल – पूर्व केन्द्रिय सदस्य
१४. उज्वल आचार्य – पूर्व केन्द्रिय सदस्य
१५. प्रकाश तिमल्सिना – पूर्व केन्द्रिय सदस्य
१६. दिपेन्द्र कुँवर – पूर्व केन्द्रिय सदस्य
१७. माधव दुलाल – पूर्व केन्द्रिय सदस्य,
१८. ध्रुव रावल– पूर्व केन्द्रिय सदस्य
१९. भिषण राई – पूर्व केन्द्रिय सदस्य
२०. माधव पौडेल – पूर्व केन्द्रिय सदस्य
२१. विकाश कार्की – पूर्व केन्द्रिय सदस्य,
२२. कृति भट्टराई – पूर्व केन्द्रिय सदस्य

Previous articleनारीलाई गुणस्तरीय शिक्षाको अवसर नेपालमैः उपप्रधानमन्त्री सिंह
Next articleआर्थिक पत्रकास समाज सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here