रोटरी क्लब डिल्लीबजार काठमाडौले नक्साल स्थित केन्द्रिय बहिरा स्कूललाइ खेलकुद सामग्री हस्तान्तरण गरेकाे छ ।  क्लबले रोटरीको आधारभूत  शिक्षा तथा साक्षरता महिनाको अवसर पारेर बिहीबार काठमाडाैँमा सो कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा क्लबका प्रेसिडेन्ट प्रेम कुमार वली, आईपीपी सागरनिधि तिवारी, सेक्रेटरी सन्ध्या राजभन्डारी, पास्ट प्रेसिडेन्ट डा पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट युबराज अधिकारी, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, रोटरियन सौरव पन्त, स्पाउस बिष्णु पराजुली, रोटर्याक्ट रेजिना लेखक लगायतको उपस्थिति रहेको थियो।  आधारभूत  शिक्षा तथा साक्षरता महिनाको अवसर पारेर रोटरी क्लब डिल्लीबजारले हरेक बर्ष यस प्रकारकाे कार्यक्रम गर्दै आएको कुरा क्लबका प्रेसिडेण्ट प्रेम कुमार वलीले बताउनु भयो। क्लबले बहिरा बालबालिकाहरुका लागि  फूटबल, भलिबल, बास्केट बल, क्रिकेट सेट, रिङ्ग, स्किपिंग, ब्याटमिण्टन लगायत सामग्री विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूलाइ  हस्तान्तरण गरेको थियो ।
Previous articleचीनमा प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता सम्पन्न
Next articleयुरोपमा कार्यरत नर्सहरूको समस्या र चुनौतिबारे डेनमार्क कि नर्स बेलबासे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here