चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार बेलुका भेटवार्ता भएको छ ।

एससीओ शीखर सम्मेलनका क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिन बीच तियानजिनमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार उक्त भेटवार्तामा दुई देश बीचको आपसी मैत्रि सम्बन्ध र त्यसका विविध पक्षका बारेमा छलफल भएको छ । छलफलका क्रममा दुई देशका बीच उच्चस्तरीय भ्रमण आदान प्रदान, आर्थिक, शैक्षिक, साँस्कृतिक, सूचना प्रविधि, लगानी आदि विषयमा सहकार्य अभिवृद्धि गर्ने सवालमा कुराकानी भएको जनाइएको छ ।

फोटोः सामाजिक सञ्जाल

Previous articleनेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले चुमिन्
Next articleरोटरी क्लब डिल्लीबजारद्वारा बहिरा स्कूललाई खेलकुद सामग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here