लामो यात्रालाई अन्त्य गर्दै नेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले हात पारेकी छिन् ।
आइतबार काठमाडौँमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा आफ्ना सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दै सिन्धुपाल्चोक कि गंगा सोनामले सिजन ६ को उपाधि चुमेकी हुन् । उपाधिसँगै गंगाले रु. २५ लाख नगद पुरस्कार पनि प्राप्त गरेकी छिन् ।


नेपाल आइडलको जारी छैठौँ संस्करणमा आफ्ना प्रतिस्पर्धीहरु बबिता थापा मगर र दर्शना गान्धारीलाई पछाडि पारेर गंगा सोनामले उपाधी चुम्दा बबिता थापा मगर फष्ट रनरअप र दर्शना गान्धारी सेकेण्ड रनरअप भएका छन् भने बबिताले १० लाख नगद पुरस्कार र दर्शनाले ५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी चौथो र पाँचौँ स्थान क्रमशः अभिनय खाती र मृनल मानन्धरले प्राप्त गर्न सफल बने । चौथो र पाँचौँ हुनेले क्रमशः १, १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बास्कोटा रहेका थिए ।




