सरकारले नेपाल प्रहरीको ३२ औँ प्रहरी महानीरिक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
संघीय सरकारको शुक्रबा
र बसेको मन्त्रिपरिषदको बैठकले आगामी भाद्र १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान प्रहरी महानीरिक्षक दिपक थापाको पदावधि यही भाद्र १८ गतेदेखि समाप्त हुँदैछ । आउँदो शनिबारदेखि प्रधानमन्त्रीको चीन भ्रमण तय भइसकेकोले थापाको अवकाश पश्चात खाली हुने महानीरिक्षक पदमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई नियुक्त गरेको हो ।
हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा प्रमुखका रुपमा कार्यरत खापुङ वर्तमान प्रहरी महानीरिक्षक थापासँगै सेवा प्रवेश गरेका थिए । एउटै व्याचमा भर्ना भएका भए पनि अलग अलग समयमा नियुक्ती पाएका आधारमा खापुङ थापा भन्दा पछाडि परेका थिए । प्रहरी नीरिक्षक पदमा सेवा शुरु गरेका खापुङ पनि ३० वर्षे सेवा अवधिका कारण आगामी २६ कार्तिकबाट अनिवार्य अवकाशमा जानेछन् ।



