रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौँले आज डिल्लिबजारस्थित राधाकृष्ण मन्दिर प्राङ्गणमा शान्ति ज्ञान सत्संग भजन मण्डलसँगको सहकार्यमा रक्तदान जीवन दान भन्ने नाराका साथ बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


उक्रोत अवसरमा रोटरी क्लबका तर्फबाट अध्यक्ष प्रेम कुमार वली, सचिव सन्ध्या राजभण्डारी, राकेशदेव पन्तका साथै रोट्रयाक्ट क्लबका प्रसिस पौडेल र दिक्षान्त नेपालले रक्तदान गर्नु भएको थियो ।
क्लबका अध्यक्ष प्रेमकुमार वलीका अनुसार यस वर्ष क्लबले कुल १२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। उनका अनुसार रोटरी क्लबले हरेक महिनाको दोस्रो शुक्रबार नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने परम्परा स्थापना गरेको छ।


रक्तदान अभियानलाई सफल बनाउन जीएमपी तिमिल्सिना फाउन्डेशन, सहज फाउन्डेशन, कालिभक्त फाउन्डेशन, कल्पना फाउन्डेशन तथा रोट्र्रयाक्ट क्लब अफ डिल्लिबजारको विशेष सहयोग रहँदै आएको अध्यक्ष वलीले जानकारी दिनुभयो।
आज सम्पन्न कार्यक्रममा सहयोगी संस्थाका अध्यक्षहरू, रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरू, साथै स्थानीय समाजसेवीहरूका साथै रक्तदाताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

Previous articleनेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षकमा खापुङ
Next articleराष्ट्रपति पौडेलबाट ‘राष्ट्रिय कविता महोत्सव -२०८२’का उत्कृष्ट दस कवि पुरस्कृत 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here