सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (SNHPE) को आयोजनामा नेदरल्याण्डको राजधानी आम्स्टरडाममा विशेष कार्यक्रम सम्पन्न भएको थियो।

युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू भेला भएको सो कार्यक्रममा बेनेलक्स देशहरू तथा युरोपियन युनियनका निम्ति नेपाली राजदूत सेवा लम्सालको समेत सहभागिता थियो। राजदूत लम्सालले युरोपमा नेपाली डाक्टरहरूले देखाएको सक्रियता र उपलब्धिको प्रशंसा गर्दै नेपाल–युरोप स्वास्थ्य सहकार्यका लागि दूतावासको सहयोग रहने आश्वासन दिनुभयो।

कार्यक्रम लगत्तै नेपालस्वीस डट कमसँग कुराकानी गर्दै उहाँले युरोपका नेपाली स्वास्थ्यकर्मीहरूको सांगठनिक महत्त्वदेखि नेपालमा मेडिकल पर्यटनको संभावनाबारे खुलेर बोल्नुभयो।

Previous articleजुरीख नेपाली स्पोर्ट्स क्लबद्वारा चौथो पिङ्ग–पोङ्ग प्रतियोगिता सम्पन्न
Next articleनेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षकमा खापुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here