हमासको नियन्त्रणमा रहेका विपीन जोशीकी आमा र बहिनीले इजरायलबाट फर्किएर प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेका छन् ।
७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीको रिहाइको लागि नेपालदेखि इजरायलसम्म पुगेर फर्किएका उनका आमा पद्मा र बहिनी पुष्पाले नेपाल फर्किएपछि शनिबार प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भेटेका हुन् ।
विपीनको रिहाइका लागि इजरायल पुगेर इजरायली राष्ट्रपति र संसदका अध्यक्ष समेतलाई भेट गरी विपीनको रिहाईको अपिल गरेका उनीहरुले प्रधानमन्त्रीलाई इजरायल भ्रमण र भएका गतिविधिका बारेमा जानकारी गराएका छन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले विपीनको रिहाईका लागि सरकारले निरन्तर पहल गरिरहेको बताउँदै उनको रिहाईको लागि सरकारले कुनै कसर बाँकी नराखेको र नराख्ने पनि बताएका छन् ।

Previous articleभारत भ्रमणका बेला भैरहवा विमानस्थल सञ्चालन सम्बन्धमा कुरा हुन्छ- मन्त्री पाण्डे
Next articleस्विट्जरल्याण्डको स्टाउफेनमा हरितालिका तीज भव्य रूपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here