नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणका बेला भैरहवा विमानस्थल नियमित सञ्चालन गर्ने सम्बन्धमा छलफल हुने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफमा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले प्रधानमन्त्री के.पी. ओलीको भारत भ्रमणका बेला भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आवश्यक रुटहरुका बिषयमा छलफल गरिने बताउँदै उक्त बिषयमा हाल अन्तर्राष्ट्रिय उडानहरु सिमरा भएर मात्र नेपाल प्रवेश गर्ने गरेको र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि नयाँ रुटहरु आवश्यक पर्ने हुँदा सो सम्बन्धमा भ्रमणका बेला बृहत रुपमा वार्ता गर्ने मन्त्री पाण्डेले बताएका हुन् ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको महत्वका बारेमा प्रकाश पार्दै मन्त्री पाण्डेले भन्नु भयो ( नेपाल भ्रमणमा आउने विशेष गरी बौद्ध धर्मावलम्वीहरुको प्रमुख गन्तव्य लुम्बिनीमा सिधा उडान मार्फत नै पुग्न सकिने र काठमाडौँ नआइकन नै आफ्नो गन्तव्यमा पुग्न नेपाल भ्रमणमा आउने विदेशी पर्यटक हुन वा स्वदेशी नै किन नहुन् उनीहरुको लागि सहज आवागमनका लागि सरकारले काम गरिरहेको छ । भैरहवालाई संसारभरका बुद्धिष्टहरुको प्रमुख गन्तव्यको केन्द्र बनाउने गरी मन्त्रालयले काम गरिरहेको र त्यसका लागि मन्त्री परिषदले भैरहवा तथा पोखरा बिमानस्थल सञ्चालनका लागि कार्य योजना समेत बनाएको उनले बताए ।
त्यसैगरी सरकार ती विमानस्थलहरुमा नै भिसा सेण्टर, अध्यागमन कार्यालय, श्रम कार्यालय, क्वारेण्टाइन लगायत अन्य आवश्यक सबै पूर्वाधारहरु तयार गर्ने गरी सरकारले काम गरिरहेको पनि मन्त्री पाण्डेले जानकारी दिए ।

Previous articleभारत र चीनको सहमतिविरुद्ध राप्रपा नेपालका १२ जनवर्गीय संगठनको आपत्ति
Next articleविपिनका आमा र बहिनीको प्रधानमन्त्री ओलीसँग भेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here