पूर्वराष्ट्रपति एवं नेकपा एमाले कि पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले पार्टी भित्र देखिएको विकृित विरूद्ध निरन्तर लडिरहने उद्घोष गरेकी छिन् ।
बिहीबार काठमाडौँको थापागाउँमा पार्टी नेता स्व. मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापना मूल समितिको कार्यालय उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले उक्त अभिव्यक्ति दिएकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन् ‘मलाई पार्टीले जिम्मेवारी देओस् कि नदेओस् त्यससँग सरोकार छैन, म नेकपा एमालेको सदस्य हुँ’ ‘त्यो नाताले जे सिद्धान्त धारण गरेको छु, त्यसअनुसार काम गर्ने हो । पार्टीहरूमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति र विसंगतिका विरुद्ध पनि म निरन्तर लडिरहन्छु ।’  उनले अगाडि भनिन्, वर्तमान परिप्रेक्षमा मुलुकका मुख्य दलहरू जनताका आकाँक्षा समस्याहरूको सम्बोधनमा चुकिरहेको औँल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले राज्यले र विशेष गरेर राजनीतिक दलहरूले त्यतातर्फ ध्यानदिनु पर्ने कुरामा जोड दिइन् ।
कार्यक्रममा भण्डारीले, एमालेले आफ्नो संगठित सदस्यतको विषय उठाएको भन्दै आफू एमाले बन्नु भन्दा अगावै पार्टी सदस्य बनिसकेको बताउँदै २०३७ सालमा लिएको पार्टी सदस्यता २०८२ सालमा आएर नवीकरण नगर्ने निर्णय एमाले पार्टीले गर्दैमा आफ्नो राजनीतिक सक्रियता अन्त्य नहुने बताइन ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता इश्वर पोखरेलका साथै उपाध्यक्ष द्वय युवराज ज्ञवाली र डा. सुरेन्द्र पाण्डेको अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

 

फाेटाे साभारः राताेपाटी

Previous articleरोटरी क्लब डिल्लिबजारको ‘रोटा तीज – २०२५’ भव्यताका साथ सम्पन्न (फाेटाे फिचर सहित)
Next articleत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा यात्रु सहायता कक्ष सञ्चालनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here