रोटरी क्लब डिल्लिबजारले नेपाली महिलाहरूको महान पर्व तीजको अवसर पारेर ‘रोटा तीज – २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष प्रेम वलीको सभापतित्वमा तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर रोटरियन अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य, पास्ट प्रेसिडेन्ट अफ रोटरी क्लब अफ ठमेलकी सरोजनी शेरचन, अल्मुनाइ चेयर भवानी देवकोटा, र डिस्ट्रिक्ट अफिसियल महेश वीर बज्राचार्यको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।


सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा थप रौनकता भरेको थियो। राष्ट्रिय कलाकार प्रेम प्रकाश वली, गोविन्द मधुर आचार्य, सुनिता कार्की, उदिराम खड्का, बिर्मा खड्का, मनोहरी थापा र ईन्द्र शेखर खडकाले तीज गीतका साथै अन्य बिभिन्न लोकप्रीय गीत, नृत्य तथा हाँस्य प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध बनाए। त्यस्तै, रोटरियन तथा स्पाउसहरूले प्रस्तुत गरेका नृत्यहरूले पनि दर्शकहरूको मन जित्यो।


कार्यक्रमको विशेष आकर्षण फेशन शो रह्यो, जसमा १६ जना रोटरियन तथा स्पाउसहरूले भाग लिएका थिए। स्पाउस पुष्प पौडेल प्रथम, शिलु पौडेल द्वितीय र स्मिता खड्का तृतीय घोषित भए। फेशन शोको निर्णायक मण्डलमा भवानी देवकोटा, मनोहरी थापा र शर्मिला लिङ्खा रहेका थिए।
पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथि अशोक श्रेष्ठले कार्यक्रममा दिएको मन्तव्यमा यस किसिमका कार्यक्रमहरूले आमा–छोरीदेखि हजुरआमासम्म सबै महिलालाई सम्मान गर्ने, एकताबद्ध बनाउने र हाम्रो मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने कार्यमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे।
प्रथम महिला उर्मिला खड्काको संयोजनमा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी शशी शर्मा मजगैयाँले अत्यन्तै सभ्य र शिष्ट ढंगले सञ्चालन गरेका थिए।

Previous articleएनआरएनए स्विट्जरल्याण्डद्वारा तीज विशेष कार्यक्रम, गायिका रीता केसीको सांगीतिक प्रस्तुति
Next articleएमाले भित्रको विकृति विरूद्ध लड्ने पूर्व राष्ट्रपति विद्या भण्डारीको उद्घोष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here